भाद्र १८,काठमाडौं
शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई दुई लाख नगद दिएको छ । "/>

राज्यमन्त्रीलाई घरभाडा मात्र मासिक ४० हजार

राज्यमन्त्रीलाई घरभाडा मात्र मासिक ४० हजार

केन्द्रबिन्दु
0
Shares

भाद्र १८,काठमाडौं
शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई दुई लाख नगद दिएको छ ।

मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वार्टर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख खर्च भएको हो । बाहिर डेरामा बस्ने मन्त्रीहरूले मासिक ४० हजार रुपैयाँ घरभाडा बापत छुट्टै पाउनेछन् । बाहिर बस्ने मन्त्रीहरूले घरभाडा बाहेक बिजुली, पानी र टेलिफोनको रकम बिलअनुसार भुक्तानी पाउनेछन् भने पत्रपत्रिका तथा यातायात सुविधा पनि छुट्टै पाउनेछन् । यसैगरी, राज्यमन्त्रीले मासिक ५७ हजार ७ सय ८० रुपैयाँ बुझ्नेछन् । मन्त्रीहरूको आवास व्यवस्थापनको जिम्मेवारी लिएको भवन निर्माण सम्भार डिभिजन कार्यालय काठमाडौंका लेखा प्रमुख उपसचिव रामकृष्ण पन्थीले डेरा व्यवस्थापनका लागि प्रतिमन्त्री दुई लाख रुपैयाँ वितरण गरिएको जानकारी दिए ।
अन्नपूर्णपोष्टबाट

Logo