काठमाडौँको धापासीमा ‘ग्याङ फाइट’, एक जनाको मृत्यु, युवतीको विषयमा ‘इस्यू’

काठमाडौँको धापासीमा ‘ग्याङ फाइट’, एक जनाको मृत्यु, युवतीको विषयमा ‘इस्यू’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । काठमाडौँको धापासीमा ‘ग्याङ फाइट’ हुँदा एक युवकको हत्या भएको छ ।

टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

युवतीको विषयमा ‘ग्याङ फाइट’ हुँदा घटना भएको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय दिवस अधिकारी, रवी मगरसहित ६ जना छन् ।  घटनामा संलग्न भएका भनिएका अरू २ जना फरार रहेकाले खोजी जारी रहेको  प्रहरी परिसर काठमाडौँले जनाएको छ।

Logo