भाद्र १८,काठमाडौं
गएको एक वर्षभित्र मुलुकभर करिब साढे चार लाख सवारीसाधन थपिएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्षमा मात्र चार लाख ४४ हजार साना–ठूला सवारीसाधन थपिएका हुन् । "/>

चार लाख सवारी साधन एकवर्षमै थपिए

चार लाख सवारी साधन एकवर्षमै थपिए

केन्द्रबिन्दु
0
Shares

भाद्र १८,काठमाडौं
गएको एक वर्षभित्र मुलुकभर करिब साढे चार लाख सवारीसाधन थपिएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्षमा मात्र चार लाख ४४ हजार साना–ठूला सवारीसाधन थपिएका हुन् । आर्थिक वर्ष ०७३/ ७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब एक लाख भन्दा बढी सवारीसाधन थपिएका हुन् ।
आर्थिक वर्ष ०७२ /७३ मा मुलुकभर करिब साढे तीन लाख मात्र सवारीसाधन थपिएका थिए । त्यस वर्ष तीन लाख ४३ हजार सात सय ६५ सवारी थपिएको विभागको तथ्यांक छ । विभागमा गत आवसम्म दर्ता भएको कुल सवारीसाधनको संख्या २७ लाख ८३ हजार चार सय २८ पुगेको छ। विभागका अनुसार थपिने सवारीसाधनको चाप उपत्यकामा धेरै पर्ने गरेको छ । बाग्मती अञ्चलमा दर्ता भएका मध्ये अधिकांश सवारीसाधन उपत्यकामा चल्ने गरेकाले काठमाडौंको ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने गरेको छ ।
गत आव बाग्मतीमा मात्र एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो वर्ष भने मात्र ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए।
नागरिकबाट

Logo