सल्यान भदौ १७

शुक्रबार दिउसो ३ बजे पत्रकारहरुलाई जिल्ला शिक्षा कार्यालय सल्यानमा बोलाइयो । जहाँ जिल्लामा आगामी भाद्र २३ गते हुने शिक्षा दिवसलाई कसरी मनाउने भन्ने विषयमा बैठक शुरु हुदै थियो । "/>

सल्यानका जिशिअले ११ लाख भ्रष्टाचार गरे

सल्यानका जिशिअले ११ लाख भ्रष्टाचार गरे

केन्द्रबिन्दु
0
Shares

सल्यान भदौ १७

शुक्रबार दिउसो ३ बजे पत्रकारहरुलाई जिल्ला शिक्षा कार्यालय सल्यानमा बोलाइयो । जहाँ जिल्लामा आगामी भाद्र २३ गते हुने शिक्षा दिवसलाई कसरी मनाउने भन्ने विषयमा बैठक शुरु हुदै थियो ।  त्यहाँ जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था र पत्रकारहरु थिए ।
जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले बैठक शुरु गर्नै लाग्दा सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थीले जिल्ला शिक्षा कार्यालयमा विभिन्न प्रकारका अनियमितता भएको खुलाए । आफुलाई काममा नखटाएको आरोप लगाएका उनले एक दर्जन शिर्षकमा अनियमितता भएको आरोप लगाउदै आफुले तयार पारेको एउटा पत्र उपस्थित पत्रकार लगायत सबैलाई वितरण गरे ।

उक्त पत्रमा जिशिअ र योजना तथा कार्यक्रम शाखाका प्रमुखले गत आर्थिक बर्षमा ११ लाख बराबरको अनियमितता गरेको आरोप लगाएका थिए । उनिहरुका विचमा तल्लो स्तरमा पुगेर भनाभन भएको थियो । जिल्ला शिक्षा अधिकारी देविप्रसाद सुवेदीलाई पार्टीको सिफारिसमा लाखौं रकम खुवाएर जिशिअ भएको आरोप लगाएका सहायक जिल्ला शिक्षा अधिकारीलाई कामचोर, पैसाको पछि लाग्ने, आफुले नपाएर प्राविधिक कुरा उठाएको आरोप लाग्यो ।
उक्त बैठकमा आएका जिल्लाका वौद्धिक मानिने विद्यालयका प्रधानाध्याक र सहभागिहरुले उनिहरुका गतिविधिलाई कार्यालयको स्टाफ बैठकमा राखेर सल्ट्याउनुपर्ने कुरा राख्दा सहायक जिशिअ दिनानाथले कार्यालयको बैठक जिल्ला शिक्षा अधिकारीले नराखेर आफ्नो मनोमानि तरिकाले काम गरेको आरोप लगाएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo