सोलुखुम्बु, १७ भदौ
भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवक विरुद्ध हात हतियार खर खजानाअन्तर्गत शुक्रबार मुद्दा दायर गरिएको छ । "/>

बन्दुक लुकाएर राख्ने प्रहरी खोरमा

बन्दुक लुकाएर राख्ने प्रहरी खोरमा

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु, १७ भदौ
भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवक विरुद्ध हात हतियार खर खजानाअन्तर्गत शुक्रबार मुद्दा दायर गरिएको छ ।
अभियुक्त सोलु दूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङ विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ससुरा नाता पर्ने माझी तामाङको घरमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको जानकारी पाएपछि प्रहरीले भदौ ५ गते बन्दुक सहित त्यसमा प्रयोग हुने बारुद बरामद गरेको थियो । अभियुक्त बसेकै ठाउँबाट बन्दुक बरामद भए पनि अभियुक्त फरार रहेकामा भदौ १५ गते उनलाई घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। हात हतियार बुझाउन प्रहरीले सार्वजनिक सूचना प्रसारण गरे पनि उनले हतियार बुझाएका थिएनन् । हतियार भएर पनि नबुझाउनेलाई कडा निगरानीमा राखेर खोजतलास भइरहेको बताइएको छ । रासस

Skip This
Skip This
Logo