मोरङ, १७ भदौ
जिल्लाको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय लथालिङ्ग अवस्थामा पुगेको छ ।

वि.सं. ०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो । "/>

शौचालय अस्त व्यस्त

शौचालय अस्त व्यस्त

केन्द्रबिन्दु
0
Shares

मोरङ, १७ भदौ
जिल्लाको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय लथालिङ्ग अवस्थामा पुगेको छ ।

वि.सं. ०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो । तत्कालीन उर्लाबारी गाविसको ५० हजार र हार्डवेयर पसल तथा स्थानीयवासीको सहयोगमा एक लाख ५० हजारमा सो शौचालय निर्माण भएको थियो । हाल शौचालय लथालिङ्ग अवस्थामा पुगेकाले शौच गर्न समस्या भएको छ ।

शौचालयको रेखदेख गर्दै आएकी उर्लाबारी–७ की विना मल्लिकले शौचालय पुनःनिर्माण गरिदिन माग गरेकी छिन । शौच गर्न आउनेले गाली गर्ने गरेको उनले बताइन् , भन्छिन् “कि शौचालय राम्रो बनाइदिनुस्, कि भत्काइदिनुस् ।” दैनिक रुपमा १०० देखि १५० सम्म उठे पनि त्यसभन्दा बढी खर्च हुने गरेको उनको गुनासो छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलाई समेत समस्याका बारेमा जानकारी गराइसकेको उनले बताएकी छिन् ।   रासस

Logo