मुस्ताङ , १७, भदौ
मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । "/>

नेपालमै कायम छ लास काटेर गिद्धलाई खुवाउने चलन

नेपालमै कायम छ लास काटेर गिद्धलाई खुवाउने चलन

केन्द्रबिन्दु
0
Shares

मुस्ताङ , १७, भदौ
मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ ।

यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् । उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ । छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ । यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ । यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन् । ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन् । कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टा चोक्टा पारेर गिद्धलाई खुवाउनु भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’
अन्नपूर्णपोष्टबाट

Logo