काठमाडौँ, ६ भदौ । बिगत दुई बर्षदेखि क्यान्सरले पीडित चित्लाङ्गका सरोज कृष्ण गमाललाई ‘फरक सोच’ अभियानले सहयोग गरेको छ । अभियानकी अभियन्ता जयन्ती रायमाझीले आज जावलाखेलस्थित नेशनल क्यान्सर हस्पिटलमै पुगेर बिरामी गमाललाई भेटी २० हजार रुपैया हस्तान्तरण गरेका हुन् ।
बिरामी गमालको ४ बर्षीय छोरीलाई बिद्यालय भर्ना गर्न नसकेको कुरालाई मध्यनजर गर्दै “नारी शिक्षा कोष” खडा गरि सहयोग संकलन अभियान थालेको थियो । अभियानले हालसम्म जम्मा भएको रकम मात्रै हस्तान्तरण गरेको र सहयोग संकलन अभियान जारी रहेको जनाएको छ ।
गमाल परिवारको पीडामा मल्हम लगाउन चाहनु हुन्छ भने प्रभु बैंकमा अम्बिका गमालको नाममा रहेको खाता नम्वर ००४०१०००९२४७३४०००००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ । साथै भेटेर सहयोग गर्न चाहनु हुन्छ अथवा थप बुझ्न चाहनु हुन्छ भने ९८१४२०६९०४ र ९८४९९३६९६७ नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ ।





























प्रतिक्रिया