काठमाडौँ, १६ भदौ । सरकारले आजदेखि सुपथ मूल्य पसल संचालन गर्दैछ । नजिकिंदै गरेको चार्डपर्व दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै राजधानी र उपत्यका बाहिर सर्बसाधारणका लागि सुपथमुल्य पसल संचालन गर्न लागेको हो ।
नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दुग्ध विकास संस्थान लगायतको समन्वयमा विभिन्न वस्तुहरु बिशेष छुटमा बिक्रि गरिदै छ । यस्ता पसलहरु झन्डै तीनदर्जन स्थानमा संचालन हुनेछन । यी पसलहरु आगामी कार्तिक ९ गते सम्म संचालन हुनेछन ।
कुन कुन ठाउँमा खुल्दैछ ?
उपत्यकाभित्र टेकु, थापाथली, बल्खु, जडिबुटी, रामशाहपथ, नयाँ बानेश्वर, कालिमाटी, सतुंगल, बौद्ध, वुढानिलकण्ठ लगायत २२ ठाउँमा यस्ता पसलहरु संचालनमा आउने छन् । त्यसैगरि उपत्यका बाहिर विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगंज, हेटौंडा, पोखरा, बागलुङ, दाङ, सुर्खेत, नेपालगंज, धनगढी, महेन्द्रनगर, बनेपा र त्रिशुली लगायत ३६ ठाउँमा सुपथमुल्य पसलहरु संचालनमा आउने भएका छन् ।
के मा कति छुट ?
सुपथ मूल्य पसलमा बिभिन्न दैनिक उपभोग्य बस्तुहरुमा बिशेष छुट उपलब्ध हुनेछन । साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले राख्ने पसलमा नुनमा प्रतिकिलो २ रुपैयाँ छुट, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिईने छ । कम्पनीले अन्य खाद्य बस्तुहरुमा पनि न्युनतम मूल्य तोकिएको जनाएको छ ।
त्यसै गरि खाद्य संस्थानले पनि छुटसहित बिभिन्न खाद्यबस्तुहरुको बिक्रि गर्दैछ । संस्थानले चामलमा प्रतिकिलो ५ रुपैयाँ, फापरको पीठोमा पनि प्रतिकिलो १० रुपैयाँ र मसिनो बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिइने जनाएको छ । त्यस्तै खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने सस्थानको भनाइ छ । त्यसैगरी दुग्घ विकास संस्थानले घ्यू र पनिरमा प्रतिकिलो १०/१० रुपैयाँ छुट दिने जनाएको छ ।





























प्रतिक्रिया