रोनाल्डोले यसरी तोडे पेलेको रेकर्ड

रोनाल्डोले यसरी तोडे पेलेको रेकर्ड


काठमाडौँ, १६ भदौ  । पोर्चुगलका फुटबलस्टार क्रिष्टियानो रोनाल्डोले ब्राजिलका पेलेको रेकर्ड तोडेका छन् ।  विश्व कप २०१८ युरोपियन छनोटअन्तर्गत फरो आइसल्याण्डसँगको खेलमा ह्याट्रिक गरेसँगै रोनाल्डोले नयाँ रेकर्ड बनाउन सफल भएका हुन । पेलेले ब्राजिलबाट ७७ गोल गर्दा रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका छन । 

रोनाल्डोको ह्याट्रिकको मद्धतमा पोर्चुगल ५–१ गोलले विजयी भएको हो । पेलेले ७७ गोल ९२ अन्तर्राष्ट्रिय खेलमा  गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ गोल गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि गरेको यो पाँचौ ह्याट्रिक हो । क्लब म्याचमा उनले ४३ पटक ह्याट्रिक गरेका छन् ।  

जितसँगै विश्वकप युरोपियन छनोटको समूह ‘बि’ मा रहेको पोर्चुगल दोस्रो स्थानमा छ । समूहको शीर्षमा स्वीट्जरल्यण्ड रहेको छ । स्वीट्जरल्याण्डको २१ अंक छ भने पोर्चुगल १८ अंकमा छ ।

Logo