काठमाडौं, १६, भदौ
निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीलाई हेलिकोप्टर चढ्नदेखि विदेश भ्रमणमा समेत रोक लगाएको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढंगले सम्पन्न गर्न सात बुँदे निर्देशन दिँदै हेलिकोप्टर चढ्न देखि विदेश भ्र्रमणमा जान सम्ममा रोक लगाएको हो । प्रधानमन्त्रीले हेलिकोप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिनुपर्ने भन्दै आयोगले बिहीबार नै निर्वाचन आचारसंहिता लागू भइसकेकाले निर्देशनहरूलाई कडाइका साथ पालना गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशनका विषयमा पत्राचार समेत गरेको छ । सरकारका मन्त्रीहरू तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी काममा हेलिकोप्टर प्रयोग नगरी निजी हेलिकोप्टर प्रयोग गर्न भने पाउनेछन् । त्यसका लागि समेत आयोगको पूर्वसहमति लिएर मात्र प्रयोग गर्न पाइने छ ।
राजधानीबाट





























प्रतिक्रिया