काठमाडौं, १६, भदौ
करिव ९ खर्ब भन्दा वढी व्यापार घाटा भएको नेपालमा चालु आर्थिक वर्ष को पहिलो महिनामै मुलुकको व्यापार घाटा ८० अर्ब रुपैयाँ पुगेको छ । "/>

व्यापारघाटा वढेको वढ्यै

व्यापारघाटा वढेको वढ्यै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६, भदौ
करिव ९ खर्ब भन्दा वढी व्यापार घाटा भएको नेपालमा चालु आर्थिक वर्ष को पहिलो महिनामै मुलुकको व्यापार घाटा ८० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो महिनाको तुलनामा यो व्यापार घाटा २६ प्रतिशतले वृद्धि भएको हो । भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा ७९ अर्ब ९९ करोड ७० लाख ९१ हजार रुपैयाँले व्यापार घाटा भएको हो । गत आर्थिक वर्षको साउनमा भने ६३ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँले व्यापार घाटा भएको थियो । तथ्यांक अनुसार पहिलो महिनामा नेपालमा ८६ अर्ब ७० करोड ४८ लाख ८६ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् । निर्यात भने ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँ मात्रै भएको छ । निर्यात साढे तीन प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमा ६ अर्ब ९५ करोड ८ लाख ११ हजार रुपैयाँको निर्यात भएको थियो ।

Logo