काठमाडौं १६, भदौ
विगत वर्षहरु जस्तै सरकारले आज देखि सुपथमुल्य पसल संचालन गदैं छ । सरकारले गतवर्ष असोज १ गते देखि यस्ता पसलहरु संचालन गरेको थियो । यसवर्ष भने चार्डपर्वहरु नजिकै आइसकेकाले भदौ १६ देखि कार्तिक ९ गते सम्म संचालन गर्न थालिएको बताइएको छ । नजिकिंदै गरेका चार्डपर्व दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै राजधानी र उपत्यका बाहिर सर्बसाधारणका लागि सुपथमुल्य पसल संचालन हुँदैछ । यस्ता पसलहरुमा दैनिक उपभोग्य सामानहरु छुटमा पाइने सरकारले जनाएको छ ।
उपत्यकाभित्र टेकु, थापाथली, बल्खु, जडिबुटी, रामशाहपथ, नयाँ बानेश्वर, कालिमाटी, सतुंगल, बौद्ध, वुढानिलकण्ठ लगायत २२ ठाउँमा यस्ता पसलहरु संचालनमा आउने छन् । त्यसैगरि उपत्यका बाहिर विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगंज, हेटौंडा, पोखरा, बागलुङ, दाङ, सुर्खेत, नेपालगंज, धनगढी, महेन्द्रनगर, बनेपा र त्रिशुली लगायत ३६ ठाउँमा सुपथमुल्य पसलहरु संचालनमा आउने भएका छन् ।





























प्रतिक्रिया