काठमाडौं १६, भदौ

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्न जिल्ला विभाजन गरेको छ। "/>

मंशिर १० मा ३२ र २१ मा ४५ जिल्लामा निर्वाचन

मंशिर १० मा ३२ र २१ मा ४५ जिल्लामा निर्वाचन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १६, भदौ

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्न जिल्ला विभाजन गरेको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुनेछ। मंसिर २१ मा तराई र पहाडगरी ४५ जिल्लामा निर्वाचन हुनेछ। आयोगले भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ ।  भूगोललाई ध्यानमा राखेर निर्वाचन गर्ने जिल्लाहरु छुट्याइएको निर्वाचन आयोगले जनाएको छ। मुख्य निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा आयोगका माननीय सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको रहेको थियो ।
नागरिकबाट

 

Logo