काठमाडौं १६, भदौ
प्रधानमन्त्री शेरबहादुर देउवा आगामी असोज पहिलो साता अमेरिकाको भ्रमणमा जाने भएका छन् । राष्ट्रसंघीय महासभामा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री भएपछि यो उनको दोस्रो विदेश भ्रमण हुनेछ । गतसाता उनी भारत भ्रमणमा गएका थिए । देउवाले सुरुमा तेस्रो चरणको निर्वाचनका बेला अमेरिका भ्रमणमा नजाने बताएपनि महासभामा उनको सम्बोधनको पालो असोज ५ वा ६ मा आउने भएपछि उनी त्यसतर्फ जाने योजना बनेको हो ।
कान्तिपुरबाट





























प्रतिक्रिया