काठमाडौं १६, भदौ
उपत्यकामा डिएसपी देखि एआइजी सम्मका प्रहरी अधिकारीहरू फेरिएका छन् । नयाँ कार्यालयमा सरुवा भए लगत्तै नयाँ काम गरेर चर्चा कमाउन खोज्ने प्रवृत्ति प्रहरीमा नयाँ होइन । अझ काठमाडौंमा सरुवा हुने प्रहरीहरू काम देखाउने दबाबमा हुन्छन् । चर्चाका लागि प्रहरीको सहज काम गुन्डालाई पक्राउ गर्ने हुन थालेको छ । गुन्डागर्दी नियन्त्रणका लागि पक्राउ गरेको भन्दै चर्चा कमाइने र काम पनि देखिने भएकाले प्रहरीमा यस्तो प्रवृत्ति सुरु भएको हो ।
गत साता काठमाडौं परिसरमा आएका एसएसपी रवीन्द्र धानुकले पनि गुन्डा पक्राउ गर्ने कार्यलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् । उनले एक सातामा दुई गुन्डा नाइकेलाई पक्राउ गरे । राजधानीका पुराना गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) र साजन महर्जनलाई पक्राउ गरेका छन् । दुवैलाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा सार्वजनिक मुद्दामा कारबाही अघि बढाइएको छ । स्थानीय तहको निर्वाचनमा पनि शान्ति सुरक्षामा असर पुर्याउन सक्ने भन्दै उनीहरूलाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । तर, एक साताभन्दा थुन्न सकेन । जिल्ला प्रशासन कार्यालयले २ सय रुपैयाँ धरौटीमा नै उनीहरूलाई छाडिदिएको थियो । अहिले पनि त्यस्तै हुने निश्चित छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया