कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ भदौ ।

गत वैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

नेपाल टेलिकमका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै  http://www.neb.gov.np/ वाhttps://www.ntc.net.np/   बाट पनि नतिजा हेर्न सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

Logo