केन्द्रबिन्दु डेस्क । काठमाडौं, १५ भदौ ।
भनिन्छ, जे कुरा लुकाइन्छ, त्यही कुरामा बढी चासो हुन्छ । उत्तर कोरिया, जसलाई ‘सिक्रेट देश’ भनिन्छ । त्यहाँ कतिपय कुरा प्रतिबन्धित छ । जस्तो कि, खुल्लमखुल्ला फोटो खिच्नु । तर आफ्नो मुलुकको आन्तरिक पक्षलाई जतिसुकै ‘सिक्रेट’ राख्न खोजे पनि फोटोग्राफरहरूले त्यसलाई छताछुल्ल बनाइदिने गरेका छन् ।

उत्तर कोरियामा फोटोग्राफी गर्नु सहज छैन । किनभने त्यसका निम्ति अनेकौं सर्त पालना गर्नुपर्छ । फोटोग्राफरलाई देशको गरिबी, पीडा, दुःख आदि खिच्न मनाही छ । तर, जतिसुकै कठोर नियम बनाए पनि केही फोटोग्राफरले उत्तर कोरियाको कुरुप तस्बिर बेलाबखत सार्वजनिक गर्ने गरेका छन् ।

यस्तै केही फोटो एएफपीका चीफ फोटोग्राफरले आफ्नो क्यामेरामा कैद गर्न भ्याएका छन् । फोटोले उत्तर कोरियाको फरक अनुहार पस्किएको छ । त्यसमा उत्तर कोरियालीहरू समुन्द्री किनारमा मस्ती गरिरहेको देखिन्छ । यद्यपि त्यहाँको समुन्द्री किनारको झलक बैंकक वा गोवा जस्तो छैन ।

विकसित मुलुकका समुन्द्री किनारमा जति ग्ल्यामर दृश्यहरू देखिन्छन्, त्यो पटक्कै छैन उत्तर कोरियाको फोटोमा । उत्तर कोरियाको समुन्द्री किनारमा रौनक छैन । त्यहाँको दृश्य फिका देखिन्छ । (एजेन्सीको सहयोगमा)






























प्रतिक्रिया