रसुवागढी, १५ भदौ
रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा स्तरोन्नति गरिएको छ ।
भूकम्पपछि बन्द रहेको नेपाल–चीन बीचको अन्तर्राष्ट्रिय नाका रसुवागढी–केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा स्तरोन्नति गरिएको हो । तातोपानी नाका १२ वैशाख ०७२ मा गएको भूकम्प र त्यसपछि गएका पहिरोका कारण अझै सञ्चालनमा आउन सकेको छैन । सो नाका पटकपटक सञ्चालनका लागि छलफल भए पनि सञ्चालनमा आउन सकिरहेको छैन । नेपालले तातोपानी नाका सञ्चालनलाई महत्व दिँदै आए पनि चीनले भने रसुवागढी–केरुङ नाकालाई महत्व दिँदै आएको थियो । यसैबीच दुई देशबीच थप नयाँ नाकाहरू समेत खोल्दै जाने सहमति भएको छ ।
नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका १५ मंसिर ०७१ देखि दुई देशको नाकाका रूपमा सञ्चालन हुँदै आएको थियो । सो नाकाबाट नेपाली र चिनियाँ नागरिकहरू वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवतजावत गर्न सक्ने अवस्था थियो । सो नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गरिएको हो ।
राजधानीबाट





























प्रतिक्रिया