वीरगन्ज, १५ भदौ
चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा डाक्टरहरु हड्तालमा उत्रिएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा बिरामीहरुको बिजोग भएको छ।
वीरगन्जका नीजी अस्पताल र क्लिनीकका डाक्टरहरु प्रदर्शनमा उत्रिएपछि विरामीको विजोग भएको हो। सदरमुकाम देखि झण्डै २५ किलोमिटर टाढा रहेको बसडिल्वा गाँउबाट उपचारका लागि आइपुगेकी ६० वर्षीय वृद्धा लालपरीदेवी दुसादले उपचार गर्न कोही चिकित्सक नभेटिएको गुनासो गरिन्। उनले भनिन्, करीब २५ किलोमिटर टाढा रहेको बसडिल्वा गाँउबाट बिहानदेखि हिंडेर मध्यान्ह नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आएँ । तर यहाँ कोही पनि डाक्टरहरु नभेटेपछि घर फर्किदैछु।
उनले दुखेसो पोख्दै भनिन्, गरिब दुखीहरुको सस्तोमा उपचार हुन्छ भन्ने सुनेर यहाँ आएँ । तर डाक्टरहरु नै हडतालमा छन् भन्ने थाहा पाइयो । घर फर्किदै गरेकी लालपरी देवीले भनिन्, डाक्टरहरुको हडताल कहिले खुल्छ त्यो पनि ठेकान नै छैन रे, आउँदा जादा मात्रै गाडीभाडा तीन सय रुपैया खर्च लाग्ने भयो, अब फेरि आउँदा तीन सय खर्च लाग्छ। नर्सिङ होमहरु पनि बुधबारदेखि बन्द छन् भने उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा बुधबार आएका लालपरी देवी जस्तै सयौं बिरामीहरु उपचार नै नगराइ घर फर्कन बाध्य भएका छन्।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया