काठमाडौं, १५ भदौ
‘समृद्ध नेपालको आधार ः पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । "/>

आज पुस्तकालय दिवस

आज पुस्तकालय दिवस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ भदौ
‘समृद्ध नेपालको आधार ः पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ ।

पठन संस्कृति बढाउनुका साथै प्रत्येक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । सरकारले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा दिवसका लागि मूल समारोह समिति गठन गरेको छ । बिहीबार काठमाडौँको भृकुटीमण्डप स्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय स्थलबाट रसियन कल्चर सेन्टर सम्म प्रभातफेरी सहित मूल कार्यक्रम हुनेछ । पं केदारनाथ झालाई वि.सं. १८६९ तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी वि.सं. २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो । रासस

Logo