काठमाडौं, १५ भदौ
जीबीएस (गणेश विक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ । विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न वस्तु स्थितिका बारेमा जानकारी दिन सक्ने सो रोवोट प्रदान गरेको हो । करीव दुई सय मिटर दूरीसम्म वायरलेस अपरेट गर्न सकिने सो रोवोटको प्रयोगले विपदस्थल, घटनास्थल र संकास्पद वस्तुस्थितिको बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने बताइएको छ । क्यामरा जडित सो रोवोट करिब तीन किलो तौलको रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सो ग्रुपका इन्जिनियर गणेशविक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले सो रोवोट हस्तान्तरण गरे ।
राजधानीबाट





























प्रतिक्रिया