काठमाडौं, १४ भदौ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक माथिको छलफल रोकिएको महिना दिन पुगेको छ । केही महिना भित्रै चुनाव गराउनुपर्ने अवस्था भए पनि विधेयक माथि छलफल अघि बढ्न सकेको छैन। "/>

डेढ महिना सम्म पनि बसेन बैठक

डेढ महिना सम्म पनि बसेन बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ भदौ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक माथिको छलफल रोकिएको महिना दिन पुगेको छ । केही महिना भित्रै चुनाव गराउनुपर्ने अवस्था भए पनि विधेयक माथि छलफल अघि बढ्न सकेको छैन। यी विधेयक संसद्को राज्य व्यवस्था समितिमा छलफलका क्रममा छन्। तर साउन २३ गते यता समितिको बैठक नै बसेको छैन । साउन २२ गते सम्म यी विधेयकमा समितिमा छलफल भएको थियो । २३ गतेको बैठक सूचना जारी गर्दै अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।

जेल सजाय भुक्तान गरेपछि भ्रष्टाचारीले पनि निर्वाचनमा भाग लिन पाउने व्यवस्था राख्नुपर्ने दबाब सरकारबाट आएपछि विधेयकमा छलफल रोकिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ देखि ११ गते सम्म भारतको भ्रमणमा रहेकाले विधेयक अघि बढ्न सकेको थिएन । देउवा स्वदेश फर्के पछि पनि समिति सभापति दिलबहादुर घर्तीले विधेयक पारित गराउन भूमिका खेल्न सकेका छैनन् । उनले विधेयक छिटो पारित गर्न लागिपरेको बताए । बैठक बोलाउने विषयमा भने उनले केही बताउन चाहेनन् । निर्वाचन आयोगले भदौ १५ भित्र यी विधेयक कानुनका रुपमा आइसक्नुपर्ने माग गरेको छ ।
नागरिकबाट

Logo