काठमाडौं, १४ भदौ
भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले ०७२ मा गएको भूकम्पबाट भत्किएका गुम्बा तथा विहार चाँडो पुनःनिर्माण गर्न माग गरेको छ । "/>

गुम्बा तथा विहार पुनःनिर्माणको माग

गुम्बा तथा विहार पुनःनिर्माणको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ भदौ
भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले ०७२ मा गएको भूकम्पबाट भत्किएका गुम्बा तथा विहार चाँडो पुनःनिर्माण गर्न माग गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सानुबाबु लामाले भूकम्पबाट विभिन्न २५ जिल्लामा ९९३ वटा गुम्बा क्षतिग्रस्त भएको जानकारी दिँदै त्यसको छिट्टै पुनःनिर्माण गर्न माग गरे । विगतमा सरकारले गरेको अन्तरराष्ट्रिय सम्मेलनबाट गुम्बा तथा विहार पुनःनिर्माणका लागि करिब ९ करोड बजेट प्राप्त हुने प्रतिबद्धता भएको भएपनि काम हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । रासस

Logo