काठमाडौं, १४ भदौ
प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १४ लाख ९६ हजार मतदाता थपिएका छन् । निर्वाचन आयोगले साउन १ गते देखि भदौ ३ गते सम्म छुट भएका मतदाताहरुको फोटो खिचाउने कार्य गरेको थियो । स्थानीय तहको निर्वाचन सम्म करिब एक करोड ४१ लाख मतदाता थिए । यो संख्यामा थप भएको निर्वाचन आयोगले जनाएको छ । उनीहरु सबैले आगामी मंशिर १० का लागि तोकिएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पाउने भएका छन् ।





























प्रतिक्रिया