काठमाडौं, १४ भदौ
०७२ को विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ । "/>

सुनसान छ तातोपानी

सुनसान छ तातोपानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ भदौ
०७२ को विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले मानवरहित बन्न पुगेको छ ।
नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो । दसैं–तिहार, जाडो जस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । ०७२ वैशाख १२ को भूकम्पपछि मुलुकका धेरै स्थानमा थोरै भए पनि फेरि चहलपहल सुरु भएको छ । पीडितले पक्की घर बनाउन नसके पनि जन्मथलो छाडेका छैनन् ।

तर दुर्भाग्य तातोपानी नाकामा बस्नेहरु भने सधैंका लागि व्यापार–व्यवसाय र घरबार छोडेर हिँडेका छन् । भूकम्पको चपेटामा परेको तातोपानी नाकाका बासिन्दाका लागि गतवर्ष आएको बाढी पहिरोले बस्नै नसक्ने गराएको हो । खोंचमा रहेको तातोपानी नाकामा भूकम्पका कारण माथिबाट अनगिन्ति पहिरो आएका छन् । गत वर्ष भोटेकोसी नदीमा आएको बाढीले तलबाट बस्तीलाई तानेर बस्न लायक बाँकी छाडेको छैन । भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौं बासिन्दा अहिले विस्थापित भएका छन् । बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौंको व्यवसाय पनि गुमेको छ । भूकम्प आएको अर्को दिन नै चीनले खासाको बस्ती उठाएर लगेका कारण अहिले नाकाको दुवै क्षेत्र मानवरहित बन्न पुगेको हो ।

मुलुककै एक प्रमुख आयात–निर्यात तथा पर्यटकीय क्षेत्र बनेको यो नाकामा बस्ने हजारौं स्थानीयले व्यापारिक कारोबार गर्थे । दैनिक करोडौंको व्यापार गुम्नुका साथै यस क्षेत्रमा बनाइएका करोडौंका भौतिक संरचना समेत भूकम्प र त्यसपछिको बाढीले लगेको छ । वार्षिक लाखौं पर्यटकको गन्तव्य बनेको उक्त क्षेत्र अहिले सुनसान छ । यहाँबाट वार्षिक ७ अर्बको राजस्व संकलन हुने गरेकोमा अहिले त्यो पनि ठप्प बनेको छ ।
नागरिकबाट

Logo