काठमाडौँ १४, भदौ
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको अभियोगमा नेकपा एमालेका नेता माधव नेपाल लगायत केही अन्य दलका नेतालाई स्पष्टिकरण सोधेको छ ।
पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचार प्रसारमा संग्लन भएको भन्दै एमाले नेता माधव नेपालसँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । बीरगञ्जमा सोमबार आयोजित घरदैलो कार्यक्रममा नेता नेपाल सहितका एमालेका कार्यकर्ताले पार्टीको निर्वाचन चिहृन अंकित टोपी लगाएको पाइएको आयोगले जनाएको छ । त्यसैगरी मंगलबार जनकपुरमा कार्यकर्ता भेलामा सहभागी एमाले नेताहरुमाथि राजपाका कार्यकर्ताहरुले ढुंगा हानेको कारण आयोगले सो घटनाबाट गम्भीर ध्यानाकर्षण भएको भन्दै राजपालाई आइन्दा त्यसो नगर्न सचेत गराएको छ ।
यसैगरी निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहसँग पनि २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं। ५ मा सिंहको नेतृत्वमा करिब एकसय वटा मोटरसाइकलमा झण्डै २ सय जनाको संख्यार्ले याली निकालेका विषयमा आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
हिमालयटाइम्सबाट





























प्रतिक्रिया