नेपालगञ्ज, भदौ १३
पश्चिम नेपालकै प्रमुख आर्थिक र ब्यापारिक केन्द्रको रुपमा स्थापित नेपालगञ्जमा दिनदिनै ठुलो लगानीमा नयाँ नयाँ ब्यापारिक प्रतिष्ठानहरु खुल्ने क्रम जारी छ ।
ठुला ठुला दर्जनौं होटल, उद्योग कलकारखाना र विभिन्न कम्पनीका गाडीहरु बिक्रि गर्ने दर्जन बढी शोरुमहरु संचालनमा रहेको नेपालगञ्जमा हाल आएर करोडौंको लगानीमा सबै सामान एकै ठाउँमा पाइने मल जस्तै डिपार्टमेन्टल स्टोरहरु खुल्न थालेका छन् । हालसम्म कुनै ठुलो डिपार्टमेन्टल स्टोर नभएको नेपालगञ्जमा उपभोक्ताको माग बमोजिम स्थानीय धम्बोझी चोकमा १० करोडको लागतमा एक पाँचतले आधुनिक डिपार्टमेन्टल स्टोर संचालनमा आएको छ । नेपाली उपभोक्तालाई एकै छानामुनी सबै आवश्यक सामान उपलब्ध गराउने तथा खरिदका लागि सीमापारी जानबाट रोक्ने उदेश्यका साथ १० करोड बढीको लगानीमा ‘राही मार्ट’ नामको डिपार्टमेन्टल स्टोर संचालनमा ल्याईएको छ । सो मार्टमा एकै छानामुनी विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम,लेडिज , जेन्टस र बच्चाको रेडिमेड कपडा, जुत्ता, चप्पल, विभिन्न किसिमका भाँडाबर्तन, महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान, खेलौना र खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरु राखिएको मार्टका संचालक खुर्शिद अहमद राहीले बताए ।
गोरखापत्रबाट





























प्रतिक्रिया