दाङ, १३ भदौ

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । "/>

तुलसीपुरको बजेट १ अर्ब १८ करोड

तुलसीपुरको बजेट १ अर्ब १८ करोड

केन्द्रबिन्दु
0
Shares

दाङ, १३ भदौ

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ ।

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास तथा अन्य विकास कार्यक्रमका लागि एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्च अन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि ९ करोड ८१ लाख ६१ हजार ८८२ गरि कुल १ अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाले प्रत्येक वडामा एक करोड, बाढी प्रभावित क्षेत्रमा तीन करोड, विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि १९ करोड, प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान, बसपार्कलाई यो आव भित्र सञ्चालन गर्न ९ करोड बजेट विनियोजन गरेको छ ।
विनियोजन भएको बजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै बाढीपीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ । रासस

Logo