१७ करोडभन्दा बढीमा बिक्री हुनेछ यो कबाडी कार

१७ करोडभन्दा बढीमा बिक्री हुनेछ यो कबाडी कार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ११ भदौ ।

भाग्यमा छ भने, बसीबसी खजाना पनि भेटिन्छ । यस्तै भयो इटालीमा ।

इटालीमा १९६९ मा निर्मित एक फरारी कारलाई १७ करोड रुपैयाँभन्दा बढी मोलमोलाइ गरिएको छ । जीर्ण अवस्थामा रहेको यो गाडी पछिल्लो ४० वर्षदेखि त्यत्तिकै लुकाएर राखिएको थियो ।

१९६९ मा बनेको फरारीको मोडल ३६५ जिटिबी–फोर डेटोनालाई १९७१ मा जापान पठाइएको थियो । त्यहीँ यसका मालिकले यो गाडीलाई चालिस वर्षसम्म गुपचुप राखे । वास्तवमा मानिसहरूबीच अझै मतभेद थियो, फरारीको यो मोडल बनेको छ कि छैन भन्ने विषयमा ।

तपाईं सोच्दै हुनुहुन्छ होला, एउटा कारका लागि किन यतिविधि हंगामा ?

वास्तवमा १९६९ देखि १९७३ सम्म युनिकोर्न फरारीको नामले प्रख्यात यो मोडल केवल १२ सय भर्सन मात्र बनाइएको थियो । यद्यपि यो कार भने एउटा मात्र छ जसको एल्मुनियम बडीलाई इटालियन मार्कले तयार गरिएको थियो । साथै यस कारले यति धेरै मूल्य पाउनुको पछाडि चाहिँ विगत ४० वर्षदेखि यही कारलाई कति व्यक्तिले खोजिरहेका थिए । तर उनीहरू स्पष्ट थिएनन्– आफूले खोजेको कार छ वा छैन ?

अनि एक दिन अकस्मात् जापानमा एक व्यक्तिले यो कार राखेको थाहा भयो । त्यसपछि नै कार सौखिनको ठूलो दस्ता दिल खोलेर यस फरारीका लागि खर्च गर्न तयार भएका हुन् । (एजेन्सीको सहयोगमा)

 

Logo