टोकियो, १० भदौ । जापानमा आयोजना भएको लास सजाउने प्रतियोगितामा २३ बर्षिया रिनो तेराईले उपाधि हात पारेकी छिन् । 

टोकियोमा आयोजना भएको ‘टोकियो लाइफ इण्डिङ इण्डष्ट्रिज एक्स्पो २०१७’ को फाइनलमा उनले तिनजना प्रतिस्पर्धिहरुलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । 

जापानमा परम्परागत रुपमा मानिने सिन्तो धर्मावलम्बीहरुमा कुनै पनि ब्यक्तिको मृत्युपछि गरिने दाहसंस्कार अगाडी उसको आत्माको शुद्धिका लागि राम्रा लुगाहरु लगाईदिने चलन रहेको छ । यसरी लगाईदिने लुगालाई आकर्षक ढंगले सजाएर आफ्नो समृद्धि देखाउने चलन रहेको छ । जसको कारण लासलाई सजाउने कलाको ठुलो माग रहेको छ ।




(एजेन्सी)





























प्रतिक्रिया