अब मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस

अब मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस

केन्द्रबिन्दु
0
Shares

झापा, ९ भदौ । मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गरे । 

मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उनले होमोडायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताए । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रू ५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिए । 

चारवटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उनले बताए  । उक्त अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । रु ३० लाखको लागतमा सो उपकरण खरिद गरी सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।

Logo