भक्तपुर, ९ भदौ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन् ।
साउन १ गतेदेखि सो कार्यलय र जिल्लाका चारवटै नगरपालिकामा गरिएको मतदाता नामावली संकलन एवं अद्यावधिक कार्यमा विभिन्न जिल्लाका नागरिकले नाम दर्ता गराएका कार्यालय प्रमुख उमेश राईले जानकारी दिए । भक्तपुर जिल्लामा मतदान गर्न पाउने जिल्लाका १४ हजार ३१३ जनाले फेटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।
यसअघिको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लाको कूल एक लाख ६१ हजार ५२९ जना मतदाता थिए । अभियानमा मतदाता संख्या थपिएपछि भक्तपुरमा एक लाख ७५ हजार ८४२ मतदाता पुगेको छ ।





























प्रतिक्रिया