भदौ ५ , तुलसीपुर
देशभरी अविरल वर्षासँगै आएको वाढीका कारण दाङ जिल्लाका करिव २० हजार जनसंख्या शुद खानेपानीबाट वञ्चित भएका छन् ।
वाढीले यहाँका एकदर्जन भन्दा धेरै खानेपानी आयोजनाका पाइप बगाउनुका साथै पानीको मुहान समेत पुरिए पछि यस्तो समस्या आएको हो । अहिले वाढीप्रभावितहरु खोलाकिनारामा जरुवा बनाएर पानीको आवश्यकता पुरा गरिरहेका छन् । खानेपानी नभएपछि खोलाको धमिलो पानी पिउन बाध्य भएको बबइ गाउँपालिका ५ का बालकृष्ण पाण्डेले बताए । गत साउन २७ गते देखिको वाढीले यस जिल्लाका कप्रेल खानेपानी आयोजना, क्युरेनी खानेपानी आयोजना , पुरन्धरा हापुरे आयोजना, जलुके खानेपानी आयोजना लगायतमा क्षति पुगेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले जनाएको छ ।
राजधानी दैनिकबाट





























प्रतिक्रिया