भदौे ५ , काठमाडौं
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि ५ अध्यक्ष सहित १ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतबारबाट सुरु भएको महाधिवेशनमा ४७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय लेखा समितिका लागि १ सय १९ जनाको उम्मेद्वारी परेको हो । अध्यक्षमा प्रेस चौतारी नेपालको नेतृत्वमा प्रेस सोसाईटी, मधेसी पत्रकार समाज र संघीय प्रेस फोरमका तर्फबाट तीर्थ कोइराला तथा प्रेस सेन्टर र प्रेस युनियन तथा प्रगतिशील पत्रकार संघका तर्फबाट गोबिन्द आचार्यले उम्मेद्वारी दर्ता गराएका छन् । कोइराला र आचार्यबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्यस्तै निवतर्मान महासचिव उजिर मगर, क्रान्तिकारी पत्रकार संघका तर्फबाट इन्द्रबहादुर रावत तथा स्वतन्त्र उम्मेद्वार भावना बिद्रोहीले पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म मतदान सम्पन्न हुने निर्वाचन अधिकृत अधिवक्ता राधिका खतिवडाले बताइन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया