भक्तपुर, ४ भदौ । नेपाली काँग्रेस, महिला शाखा, भक्तपुरले तीज विशेष कार्यक्रमका लागि संकलन भएको रकम बाढीपीडितलाई सहयोग गरेको छ । "/>

तीज कार्यक्रम स्थगित गरी बाढीपीडितलाई सहयोग

तीज कार्यक्रम स्थगित गरी बाढीपीडितलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ४ भदौ । नेपाली काँग्रेस, महिला शाखा, भक्तपुरले तीज विशेष कार्यक्रमका लागि संकलन भएको रकम बाढीपीडितलाई सहयोग गरेको छ ।

शाखाले तीज विशेष कार्यक्रम स्थगित गरी सो कार्यक्रमका लागि संकलित रु ६१ हजार १५१ बाढी पहिरोपीडितलाई सहयोग गरेको हो । शाखाका संयोजक उर्मिला वनले नेपाली काँग्रेस केन्द्रीय राहत कोष मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न आज पार्टी जिल्ला सभापति दुर्लभ थापालाई सो रकम हस्तान्तरण गरेको हो । सो अवसरमा सभापति थापाले महिला शाखाले उदाहरणीय काम गरेको चर्चा गर्दै तीज पर्व महिलाको विशेष पर्व भए तापनि मुलुकको विषम परिस्थितिलाई ध्यानमा राख्दै महिला संघले तीज कार्यक्रमलाई प्राथमिकता नदिई संकलित रकम बाढी पहिरोपीडितलाई सहयोग गर्नु सह्रानीय कार्य भएको बताए ।

उनले मुलुकका विभिन्न भागमा बाढी पहिरोले पु¥याएको जनधनको क्षतिप्रति पार्टी गम्भीर भएको र जिल्लाका सबै वडा एकाइमा राहत संकलन गर्न निर्देशन दिएको जानकारी दिए । त्यसैगरी, नेपाली काँग्रेस महिला शाखाकी संयोजक उर्मिला वनले देशमा आएको बाढी पहिरोले भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिन् । रासस

Logo