भदौ १३ गते देखि नाडा अटो सो हुने

भदौ १३ गते देखि नाडा अटो सो हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ भदौ । नेपाल अटोमोवाइल डिलर्स एशोसियसनले बार्षिक रुपमा आयोजना गर्दै आएको नाडा अटो शोको १२ औं संस्करण आगामी भदौ १३ गते देखि शुरु हुने भएको छ ।

भृकुटी मण्डपमा आयोजना हुने उक्त सो भदौ १८ गतेसम्म ६ दिन चल्ने छ ।

यसपटक आयोजना हुने सोमा विभिन्न ९० वटा कम्पनीहरुले सहभागिता गरेका छन् । यसपटकको अटो सोमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभि कमर्सियल सवारी साधनहरुले आफ्नो नयाँ सवारी साधनहरुलाई प्रस्तुत गर्ने भएका छन् ।

नाडा अटो सोमा सवारी साधनका अतिरिक्त सवारी साधनका क्षेत्रमा आएका नयाँ प्राविधि, सवारी सुरक्षाका प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू प्रदर्शन गरिने छ । सवारी साधन किन्न चाहनेहरुलाई वित्तिय र इन्स्योरेन्स कम्पनीहरुले पनि मेलामा आफ्नो उपस्थिती जनाउने छन् ।

यसपटकको अटो सोलाई आकर्षक बनाउन नाडाले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई मेलाको ब्राण्ड एम्बेसडर बनाएको छ । करिव ५० हजार दर्शक आउने अनुमान गरिएको यो मेलामा टिकट काटेर आउने ब्यक्तिहरु मध्ये एक जनालाई रेनोगेड कमाण्डोको २ सय ३० सिसिको बाइक पुरस्कारको रुपमा पनि राखिएको छ ।

Logo