हेटौँडा, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताएका छन् ।
राप्रपा केन्द्रीय कार्य समितिको आज सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्यूत्पादक हुन पुगेको बताएका हुन् । राप्रपाका तर्फबाट व्यवस्थापिका–संसदमा पेश गरिएको हिन्दूराष्ट्र पुनःस्थापना सम्बन्धी विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दल क्रियाशील रहेको आरोप लगाउँदै उनले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताए । रासस





























प्रतिक्रिया