महोत्तरी ।
महोत्तरीको बर्दिबासबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा ठुलोपात गाउँपालीका ९ बस्ने ललित भुजेलको छोरा वर्ष २७ का असिम भुजेल र जिल्ला सिन्धुली कमलामाई नगरपालीका बस्ने टेकबहादुर भुजेलको छोरा वर्ष २७ का मनोज भुजेल इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
उनीहरूलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा महोत्तरी जलेश्वर नगरपालीका ३ बोर्डर स्थित बिओपीबाट खटेको आईडी नं. ६१६२ का सप्रसनि प्रबोध झाको ५ जनाको बोर्डर चेकप्वाईन्ट डिउटी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट लागुऔषध नाइट्रोभेट–१० ट्याब्लेट १५०० थान बरामद गरिएको छ।
उनिहरुसँग भएको लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि मजकुर कार्यालयमा पठाईएको छ ।





























प्रतिक्रिया