बेनी (म्याग्दी), २ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

शहीद स्तम्भ दलको झण्डा गाड्ने र भाषण गर्ने स्थान बन्यो

शहीद स्तम्भ दलको झण्डा गाड्ने र भाषण गर्ने स्थान बन्यो

केन्द्रबिन्दु
२ श्रावण २०७४, सोमबार
0
Shares

बेनी (म्याग्दी), २ साउन । भनिन्छ इतिहास आफैं बोल्छ । तर ऐतिहासिक महत्व बोकेका सम्पदा तथा वस्तुको संरक्षण नगरी स्मृतिको गर्भमा नै इतिहासलाई तुहाइदिने हो भने भावी पुस्ता त्यसबाट अनभिज्ञ रहने नियति नआउला भन्न सकिँदैन । 

म्याग्दीको सदरमुकाम बेनीमा पनि संरक्षणको अभावमा एउटा इतिहासको यसैगरी अन्त्य भएको छ । इतिहासको अन्त्य गरी निर्माण गरिएको शहीद स्तम्भको पनि सम्मान हुन सकेको छैन । शहीदप्रति आदर र सम्मानभाव व्यक्त गरिनुपर्ने ठाउँ राजनीतिक दलका झण्डा गाड्ने ठाउँ बनेको छ । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि रहेको पीपलको रूख, चौतारी र स्वर्गीय राजा वीरेन्द्रको सालिक स्थापना गरिएपछि नामकरण गरिएको वीरेन्द्रचोकको ऐतिहासिक महत्व रहेको छ । २०६२-६३ सालको जनआन्दोलनमा राजा वीरेन्द्रको सालिक ढलाइएपछि एउटा इतिहासको अवसान भएको छ । सोही ठाउँमा २०६९ सालमा शहिद स्तम्भ निर्माण गरिएपछि सो चोक न त वीरेन्द्र चोकको नामले नै चिनिन सकेको छ न त त्यहाँ रहेको शहीद स्तम्भको कुनै सम्मान र जिल्लाको पहिचान झल्कने कुनै माध्यम नै बन्न सकेको छ । 

सम्पूर्ण ज्ञात–अज्ञात शहीदको स्मृतिमा निर्माण भएको शहीद स्तम्भले शहीदप्रतिको सम्मान र महत्वलाई उजागर गरी शहीदप्रति आदरभाव व्यक्त गरे पनि त्यस ठाउँमा पहिला रहेको राजा वीरेन्द्रको सालिकका बारेमा केही उल्लेख नगरिनुले एउटा इतिहासको अवसान भएको विभिन्न व्यक्तिले बताएका छन् । 

त्यसैगरी, म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्माले शासक गलत भए पनि इतिहास गलत नहुने बताउँदै स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई सुरक्षित राखिएको भए त्यो भावी पुस्ताका लागि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । 
नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले देशमा गणतन्त्र स्थापना भइसकेपछि राजा–महाराजाका मूर्ति, तस्बिर र सालिक हटाउने तथा त्यसको ठाउँमा गणतन्त्र स्थापनाका क्रममा शहीद भएकाको सालिक राखिएको स्वाभाविक नै भएको बताउनुभयो । तर शहीद स्तम्भ निर्माणपछि शहीदको महत्व र सम्मानप्रति बेवास्ता गरिएको श्रेष्ठको भनाइ रहेको छ । 

“विभिन्न राजनीतिक दलले सो स्तम्भमाथि दलका झण्डा राख्ने गर्दछन्”, श्रेष्ठले भन्नुभयो, “के शहीद स्तम्भ राजनीतिक दलको झण्डा गाड्ने र स्तम्भमाथि चढेर भाषण गर्ने ठाउँ हो ?” 

त्यसैगरी, नेपाल बार एसोसिएसन म्याग्दीका सदस्य ठहरबहादुर भण्डारीले इतिहास बङ्ग्याउने अधिकार कसैलाई पनि नभएको बताउँदै शहीद स्तम्भ निर्माणसँगै पहिलाको इतिहासको पनि उल्लेख गरिएको भए उपयुक्त हुने र भावी सन्ततिलाई थाहा हुने विचार व्यक्त गर्नुभयो । शहीद स्तम्भ बेनी बजारको गर्विलो धरोहर हुनुपर्नेमा राजनीतिक दलबाट नै त्यसको अवमूल्यन गरिएको छ । सो चोकमा आयोजना हुने विभिन्न कार्यक्रममा दलले स्तम्भको शिरमा नै पार्टीको झण्डा गाडेर के कुराको, कस्तो सन्देश दिन खोजेका हुन् ? मानिसहरु अन्योलमा पर्ने गरेका छन् । 

विसं २०६२-०६३ मा आक्रोश र उत्तेजनामा आएर राजा वीरेन्द्रको सालिक ढलाएका राजनीतिक दलले ६ वर्षपछि २०६९ सालमा निर्माण गरेको शहीद स्तम्भको महत्व, मर्यादा र सम्मानलाई समेत कुल्चिदिएका स्थानीय सरोकारवाला र बुद्धिजीवीले बताएका छन् । सालिकसँगै जिल्लाको पहिचान झल्कने कुनै चीज वा स्थानको चित्र राखिदिने हो भने बाहिरबाट पहिलो पटक बेनीमा आएका व्यक्तिका लागि त्यसले आकर्षित गर्न सक्ने उनीहरुको भनाइ रहेको छ । 

इतिहास भावी सन्ततिका लागि विगतको ऐना हो । इतिहासलाई पुजेर होइन संरक्षण गरेर आदर गरिनु पर्दथ्यो । विश्वकै तानाशाही मानिने जर्मनी सम्राट हिटलरका सालिक जर्मनीमा अझैसम्म पनि राखिरहनुको पछाडि जर्मनी हिटलरलाई पुज्दथे वा आदर गर्दथे भनेर अथ्र्याउन कसैगरी पनि सकिँदैन । म्याग्दीका राजनीतिक दल, सरोकारवाला र बुद्धिजीवीले पनि एउटा इतिहासको अवसान भएको टुलुटुलु हेरेर बसिरहनुबाहेक अब अरू के पो गर्न सक्लान र ? रासस  

 

प्रतिक्रिया

भर्खर

कोशी प्रदेश सरकार माग्यो मतहतका निकायका कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण

अलराउण्डर खेलाडीमा ललित राजवंशीको छलाङ

गर्मीले त्रियुगा क्षेत्रमा जनजीवन प्रभावित

गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु

मुजफ्फरपुरको अस्पतालमा आगलागी, कम्तीमा तीन जनाको मृत्यु

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu