भत्ता काटिएपछि बढ्यो जाम : ६६ ट्राफिक प्रहरी कारबाहीमा

भत्ता काटिएपछि बढ्यो जाम : ६६ ट्राफिक प्रहरी कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । 

सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । 

गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु चालकको गल्ती लाग्न छाडेको छ ।,यो खबर आजको नगारिक दैनिकमा छ । 

त्यस्तै सावरी चालक संग घुस लिएको भन्दै महानगरीय ट्राफिक  प्रहरी महाशाखाले ६६ ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । 

एजुरीका आधारमा अनुसन्धान गर्दा तरकारीदेखि नगद घुस लिने गरेको पाईएपछि ४४ लाई नसिहत र २२ लाई निलम्बन गरेर जम्मा ६६ ट्राफिक प्रहरीलाई आन्तरिक कारवाही गरिएको महाशाखा प्रमुख तथा डिआईजी मिङ्मार लामाले जानकारी दिए । 

Skip This
Skip This
Logo