
केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २८ जेठ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।
गठबन्धनको आइतबार बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी आम हडतालसहितको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
राजपा नेता जितेन्द्र सोनलले बैठकको निर्णय पढेर पत्रकारलाई सुनाएका थिए भने पछि राजेन्द्र महतोले प्रश्नहरूको जवाफ दिएका थिए ।
गठबन्धनले बिजुलीबजारमा पत्रकार सम्मेलन गरी असार १४ गते निर्धारित चुनावलाई दृष्टिगत गर्दै राजपाले १० गतेदेखि अगाडि बढाउने गरी उक्त आमहडताल गर्ने जनाएको छ । यो हडताल अनिश्चितकालीन हुने पनि राजपाले जनाएको छ ।
राजपाले सार्वजनिक गरेको विरोधका कार्यक्रमअनुसार जिल्ला सदरमुकाममा धर्ना, जुलुसदेखि आम हड्तालसम्मका कार्यक्रम छन् । यसअनुसार, उम्मेदवार दर्ता गरिने दिन असार २ गते सम्बन्धित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने भएको छ भने असार ६ देखि १४ गतेसम्म निरन्तर निर्वाचन कार्यक्रममा अवरोध गर्ने कार्यक्रम तय भएको राजपाले जनाएको छ ।
पत्रकार सम्मेलनमा तुलनात्मक रूपमा हतास मुद्रा देखाएका राजपा नेताहरूले यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको पनि जनाएका छन् ।
सरकारले राजपा नेपाल गठबन्धनलाई निर्वाचनमा सामेल गराउन निर्वाचन मिति सार्नुका साथै निर्वाचनसम्बन्धी कानुन संशोधनसमेत गरिसकेको छ ।
राजपा नेपालले वितरित गरेको प्रेस विज्ञप्ति–
































प्रतिक्रिया