1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

विप्लवका नेता वलीलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

1
1
1
1
1
1
1

काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द विप्वल नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीसहितका ९ नेतालाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चले उनीहरुलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको हो ।

हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा वली र राम कार्कीसहितका बन्दीलाई उपस्थित गराउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रहरीले काभ्रेबाट विप्लवका तेस्रो नम्बरका नेता वलीसहित ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधसहित चार मुद्दा लगाईएको छ ।

उनीहरुविरुद्ध प्रहरीले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ गरेका थिए ।

वलीको योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ। विस्फोटमा एकजनाको मृत्यु भएको थियो। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ।

प्रकाशित: १४ चैत २०७५ १७:०७ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी