उदयपुरमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

उदयपुरमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–१४ मा गए राति स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा२०प ७१७१ नम्बरको स्कारपियो राति १२ बजे दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु भएका मध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् । दुर्घटनामा मृत्यु भएका मध्ये तीन जनाको पहिचान खुलेको छैन ।

ब्रेक फेल भएर गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। थप विवरण आउन बाँकी छ ।

Logo