१३ मंसिर २०७८ सोमबार

0 Shares

शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान पनि शुन्य

सल्यान

देशैभरी भर्ना अभियान चलिरहेका बेला सल्यानमा भने भर्ना अभियान प्रभावकारी नभएको पाईएको छ । जिल्लामा शुन्य दरबन्दी भएका विद्यालयमा भर्ना अभियान प्रभावकारी नभएको पाईएको हो ।

निजि स्रोतका शिक्षकहरुले विद्यालय छोड्न थालेपछि भर्ना अभियान प्रभावित भएको छ । निजि स्रोतका शिक्षकहरुले तलव नपाएको भन्दै विद्यालय छोड्न थालेपछि पाठनपाठन समेत प्रभावित हुने देखिएको छ । निजि स्रोतका शिक्षकको भरमा निमावी, मावि कक्षा सञ्चालन गर्दै आइरहेका विद्यालयहरुले कक्षा पाँचसम्मको मात्र भर्ना लिदै आइरहेका छन् ।

स्थानीय सरकाबाट कुनै पनि सहयोग नहुँदा निजि स्रोतका सबै शिक्षकले जागिर छाडेको राधा आधारभुत विदालय भलाखर्क प्रधानाध्यापक टोप बहादुर बुढाले बताउनु भयो । उहाँले भन्नु भयो ‘निजि शिक्षककै भरमा माथिल्ला कक्षा सञ्चालन भएका थिए, उनीहरुले छाडेपछि ती कक्षामा भर्ना गर्ने कि नगर्ने अन्योल छ ।’ तीन वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलव खुवाउन नसकेको उहाँको भनाई छ । उहाँले शिक्षकको तलव खुवाउन पाँच लाख बक्यौत रहेको समेत बताउनु भयो ।

स्थानीय अभिभावक र चन्दाबाट मात्रै विद्यालय सञ्चालन गर्न गाह्रो भएको भेरी निम्न माध्यमिकक विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताउनु भयो । वर्षौदेखि अभिभावकको सहयोग सञ्चालन हुदै आएको विद्यालयको कक्षा घटाउनु पर्ने बाध्यता भएको उहाँको भनाई छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ११ बैशाख २०७६ ०८:२२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी