नेपालमा आज ३ हजार १६७ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ३ हजार १६७ जना कोरोना संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । आज ३ हजार १६७ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८०० छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १५ हजार ४३८ रहेको छ । आज ३८ हजार ७३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार ७४६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ४३ हजार २६३, ललितपुरमा ६ हजार ८१ र भक्तपुरमा ४ हजार ३४२ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ५३ हजार ६८७ पुगेको छ ।

Logo