पूर्वराजा शाहले यस वर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा शाहले यस वर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको वडा दशैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । आज एक सूचना सार्वजनिक गर्दै उनले असहज परिस्थितिमा टीका लगाउने कार्यक्रम आयोजना नगर्ने बताएका हुन् ।

पूर्वराजाले यस वर्षको महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र पूजापाठसमेत नगर्ने उल्लेख गरेका छन् ।

‘यसवर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने र विजया दशमीका दिन टीकाको कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ’, पूर्वराजा ज्ञानेन्द्रको नाममा सार्वजनिक सूचनामा जनाइएको छ ।

Logo