कोरोनाको बेवास्ता गर्दै भद्रकाली मन्दिरमा दर्शनार्थीको भीड

कोरोनाको बेवास्ता गर्दै भद्रकाली मन्दिरमा दर्शनार्थीको भीड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नवरात्रिको पहिलो दिन काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका देखिन्थे ।

आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् । अघिल्ला वर्षहरुको तुलनामा कम भीड भएपनि कोभिड १९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पूगेका छन् ।

सरकारले भने कुनै पनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तर पनि मानिसहरु कोभिड संक्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।

Logo