१४ माघ २०७८ शुक्रबार

0 Shares

बीआरआई फोरममा राष्ट्रपतिको सम्बोधन-"कनेक्टिभिटी नेटवर्कले विकासको ढोका खुल्छ"

राष्ट्रपति विद्यादेवी भण्डारीले कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई सबै मुलुकसंगको सम्बन्ध बिस्तारमा टेवा पुग्ने बताएकी छन्।

चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेकी हुन् । नेपाल-चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच  विकास र जनस्तरको सम्बन्धलाई अझ बलियो हुने भन्दै राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दुरदृष्टिले विशाल सम्भावना बोकेको  बताइन् ।

समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बनेको भन्दै राष्ट्रपति भण्डारीले भनिन  ‘यो सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षण हो ।’

प्रकाशित: १३ बैशाख २०७६ १३:३१ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी