बाबुछोराको कुटपिटबाट युवकको मृत्यु, कुखुरा चोर्न खोजेको आरोप 

बाबुछोराको कुटपिटबाट युवकको मृत्यु, कुखुरा चोर्न खोजेको आरोप 


दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा बाबुछोराको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

हिजो राति छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । बाबु छोरा मिलेर हात र लठ्ठीले चौधरीमाथि कुटपिटि भएको प्रहरीले जनाएको छ ।

रक्ताम्य हुँदै घर गएका चौधरीको अत्यधिक रक्तश्रावाका कारण मृत्यु भएको प्रहरीले जनाएको हो । घटनामा संलग्न बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ।

Logo